
सुनाखरी न्युज/ काठमाडौं ।
ओपोले नेपालमा ओपो ए६ स्मार्टफोन सार्वजनिक गरेको छ । लामो ब्याट्री लाइफ, आकर्षक डिस्प्ले र मजबुत डिजाइनलाई प्राथमिकता दिने प्रयोगकर्तालाई लक्षित गरी यो स्मार्टफोन ल्याइएको कम्पनीले जनाएको छ । यसमा ७०००एमएएच् क्षमताको ब्याट्री रहेको छ जसलाई ४५डब्लु सुपरभूक™ फास्ट चार्जिङ ले समर्थन गर्दछ, जसले प्रयोगकर्तालाई लामो समयसम्म प्रयोग गर्न र छिटो चार्ज गर्न सहयोग पु¥याउँछ । साथै, यसमा १२०एचजेड एमोलेड अल्ट्रा–ब्राइट डिस्प्ले रहेको छ जसको अधिकतम ब्राइटनेस ११२५ निट्स सम्म पुग्छ, जसले स्मूथ भिजुअल अनुभव र बाहिरी उज्यालोमा पनि स्पष्ट दृश्य प्रदान गर्दछ ।
ओपो ए६ को अर्को प्रमुख विशेषता अन्डरवाटर फोटोग्राफी तथा भिडियोग्राफी क्षमता हो, जसलाई आइपी६९ वाटर तथा डस्ट रेसिस्टेन्स ले समर्थन गर्दछ । यसले प्रयोगकर्तालाई पानीभित्र समेत फोटो तथा भिडियो खिच्न सक्षम बनाउँछ। नेपालमा यो स्मार्टफोन ८जिबी + २५६जिबी भेरियन्टमा ३८,९९९ ?पैयाँ मूल्यमा उपलब्ध रहेको छ । ग्राहकहरूले ४०% डाउन पेमेन्टसहित ०% इएमआई सुविधा पनि प्राप्त गर्न सक्नेछन् । साथै, ११ अप्रिल २०२६ भित्र खरिद गर्ने ग्राहकहरूले एक्सटेन्डेड वारेन्टी समेत प्राप्त गर्नेछन्।

यो स्मार्टफोन साफायर ब्लु र अरोरा गोल्ड गरी दुई रंगमा उपलब्ध रहेको छ । ७०००एमएएच् ब्याट्री दैनिक प्रयोग, स्ट्रिमिङ, गेमिङ तथा अन्य मोबाइल गतिविधिका लागि लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको छ, जसले बारम्बार चार्ज गर्नुपर्ने आवश्यकता घटाउँछ। ४५डब्लु सुपरभूक™ फास्ट चार्जिङ को सहयोगले प्रयोगकर्ताले छोटो समयमा फोन चार्ज गरी पुनः प्रयोग गर्न सक्छन् । साथै, यस स्मार्टफोनमा रिभर्स वायर्ड चार्जिङ सुविधा पनि रहेको छ, जसको माध्यमबाट अन्य कम्प्याटिबल डिभाइसहरू पनि चार्ज गर्न सकिन्छ ।
भिजुअल अनुभवका लागि रहेको १२०एचजेड एमोलेड डिस्प्ले ले स्मूथ स्क्रोलिङ, फ्लुइड एनिमेसन तथा जीवन्त रंगहरू प्रदान गर्दछ । ११२५ निट्स पिक ब्राइटनेस का कारण तेज घाममा पनि स्क्रिन स्पष्ट देख्न सकिन्छ, जसले बाहिरी प्रयोगलाई सहज बनाउँछ । क्यामेरा पक्षमा ओपो ए६ मा ५०एमपी एआई मेन क्यामेरा रहेको छ, जसले विभिन्न प्रकाश अवस्थाहरूमा समेत विस्तृत तथा स्पष्ट फोटो खिच्न सक्षम बनाउँछ । अन्डरवाटर फोटोग्राफी तथा भिडियोग्राफी सुविधाले पानीभित्र वा वर्षाका समयमा पनि विशेष क्षणहरू कैद गर्न मद्दत गर्दछ भने आइपी६९ रेटिङ ले पानी र धुलोबाट थप सुरक्षा प्रदान गर्दछ ।
यस स्मार्टफोनमा ६एनएम स्न्यापड्रागन चिपसेट प्रयोग गरिएको छ, जसले मल्टिटास्किङ, गेमिङ तथा दैनिक प्रयोगका लागि प्रभावकारी प्रदर्शन प्रदान गर्दछ । साथै, एआई गेमबुस्ट र एआई लिंकबुस्ट ३.० ले गेमिङ अनुभवलाई सुधार गर्दै स्थिर नेटवर्क कनेक्टिभिटी सुनिश्चित गर्दछ ।भारी प्रयोगका क्रममा पनि स्थिर प्रदर्शन कायम राख्न ओपो ए६ मा सुपरकुल भीसी कूलिङ सिस्टम समावेश गरिएको छ, जसले ताप व्यवस्थापन सुधार गर्दछ । साथै, यसमा ६० महिना (५ वर्ष) सम्मको स्मूथ फ्लुएन्सी प्रोटेक्सन सुविधा रहेको छ, जसले दीर्घकालसम्म स्थिर तथा स्मूथ प्रयोग अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । ओपो ए६ नेपालभरका अधिकृत ओपोका स्टोरहरूमा उपलब्ध रहेको छ ।