२०८२ फाल्गुन २८ , बिहिवार

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

Gold Silver

 

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदी तोलामा २०५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।