
सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्षको ७ महिनामा विदेशी विनिमय सञ्चिति बढेको छ ।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८२ माघ मसान्तमा बढेर ३३ खर्ब २ अर्ब ६६ करोड पुगेको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक विवरण अनुसार हाल राष्ट्र बैंकमा २९ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ विदेशी मुद्रा संचिति छ । यसबाहेक बैंक तथा वित्तीय संस्थामा ३ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ छ ।
नेपालमा रहेको विदेशी मुद्रामध्ये भारतीय मुद्रा २१.५ प्रतिशतमा छ । यो रकम अनुसार नेपालको १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने रकम हो ।