
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल वायुसेवा निगमले काठमाडौँ–दुबई–काठमाडौँ विशेष उडानको तयारी गरेको छ । यसले मध्यपूर्व तनावमा परेका नेपाली यात्रुलाई राहत हुने भएको छ । नेपाल वायुसेवा निगमले जारी गरेको सूचनामा आज राति ११ बजे काठमाडौँ–दुबई उडान हुने भएको छ ।
यस्तै, दुबई–काठमाडौँ उडान भोलि स्थानीय समयअनुसार ४ बजेर १० मिनेटमा हुनेछ । निगमले फेब्रुअरी २८ देखि मार्च ९ तारिखसम्म टिकट लिएर यात्रा गर्न नसकेका यात्रुले यो सेवा लिन सक्ने बताइएको छ । यसका लागि टिकट इमेलमार्फत पठाएर प्रमाणीकरण गराउन आग्रह गरिएको छ ।
मध्यपूर्व तनावपछि संयुक्त अरब इमिरेट्स ( यूएई) , कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान, बहराइनमा हवाई सेवा बन्द गर्ने निर्णयपछि नेपाली यात्रु पनि समस्यामा परेका थिए ।