२०८२ फाल्गुन २६ , मंगलबार

सेयर बजारमा गिरावट, साढे २१ अर्बको कारोबार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारमा मंगलबार  साढे ७ महिनायताकै अधिक कारोबार भएको छ । यस दिन २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।

यसअघि साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको थियो । आजको कारोबार रकम त्यसयताकै उच्च हो । २०८१ भदौको अन्तिम दिन बजारमा २९ अर्ब ९५ करोडको कारोबार भएको रेकर्ड छ ।

 

चुनावपछि खुलेको बजारमा अघिल्लो दिन तीन पटक सकारात्मक सर्किट ब्रेक लागेसँगै कारोबार स्थगित भएको थियो । जसले गर्दा किनबेच गर्न चाहनेले पनि पाएका थिएनन् । अघिल्लो दिन जम्मा ५५ करोडको कारोबार भएको थियो ।

कारोबार रकममा उच्च वृद्धि देखिए पनि बजारको परिसूचक नेप्से ३२.०८ अंक ९१.११ प्रतिशत० घटेको छ । सो गिरावटसँगै नेप्से परिसूचक २८४३ अंकमा कायम भएको छ । अघिल्लो दिन ६ प्रतिशत बढेर कारोबार स्थगित भएको थियो ।

 

बजारमा आज तीव्र उतारचढाव देखियो । कारोबार सुरु भएपछि नेप्से परिसूचक १२ स् ३५ बजे २७९६ अंकसम्म झरेको थियो । त्यसपछि सम्हालिएर अन्तिम समयसम्म कायम रह्यो ।

७८ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने ५ को स्थिर रह्यो । निर्जीवन बीमा ०.४७ र जीवन बीमा ०.५१ प्रतिशत बढे । बैंकिङ १.२७, विकास बैंक १.१६, फाइनान्स २.०६, होटल तथा पर्यटन १.८५, जलविद्युत् १.४५, लगानी १.४८, उत्पादन तथा प्रशोधन १.८२, माइक्रोफाइनान्स ०.१७, अन्य १.४० र व्यापार २.१२ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंक छन् । थ्रीस्टार हाइड्रोपावरको ९.०८, कालिका पावरको ८.८७ तथा लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५.४२ प्रतिशत मूल्य बढ्यो ।