
सुनाखरी न्युज/ काठमाडौं
सन् २०२२ मा स्थापित इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाई-फाई नेपाल’ ले १ लाख परिवारलाई जोड्दै छोटो समयमै ठूलो सफलता प्राप्त गरेको छ । मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै स्थापना भएको तीन वर्षको अवधिमा नै आफूलाई सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित गर्न सफल भएको हो।
नेपालका हरेक घरधुरीलाई इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ यस वाई(फाई नेपाल देशभर १०० भन्दा बढी शहरहरूमा विस्तार भईसकेको छ भने ४० भन्दा बढी सम्पर्क कार्यालयहरू मार्फत गुणस्तरीय ग्राहक सेवा प्रदान गरिरहेको छ।
२०२६ मा तीन वर्ष पुरा गरेको यस वाई(फाई नेपालले देशभर ५०० भन्दा धेरै कर्मचारीहरू मार्फत आफ्नो विस्तारित सेवालाई अझ प्रभावकारी बनाईरहेको छ।
वाई(फाई नेपालले स्थापनाकालदेखि नै आफूलाई इन्टरनेट सेवा प्रदायकको रूपमा मात्र नभई एक ‘डिजिटल साथी’ को रूपमा चिनाउँदै आएको छ र सहजरुपमा इन्टरनेट उपभोग गर्न कठिन परिवारहरूलाई सेवाको केन्द्रमा राखेको छ। सस्तो तथा सुलभ दरमा भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै वाई(फाई नेपालले मध्यम वर्गीय परिवार, साना उद्योगीरव्यवसायी तथा विद्यार्थीहरूको विश्वास जित्न सफल भएको छ।
छोटो समयमै १ लाख ग्राहक जोडिनु केवल उपलब्धि मात्र होइन, नेपालमा भरपर्दो इन्टरनेटप्रतिको बढ्दो आवश्यकता र विश्वासको स्पष्ट संकेत हो।२०२५ मा वाई(फाई नेपाल आफ्नो बलियो उपस्थितिका साथ नेपालकै उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकको सूचीमा पर्न सफल भएको थियो।
१ लाख ग्राहक जोडिनुले ग्राहकहरूको वाई(फाई नेपाल प्रतिको माया र विश्वास दर्शाउँछ। प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जीयारले भन्नुभयो “ग्राहक महानुभावहरूले वाई(फाई नेपाल प्रति देखाउनुभएको माया र विश्वासका लागि हामी कृतज्ञ छौं। यो सफलताले हामीलाई हाम्रो सेवा अझै गुणस्तरीय बनाउँदै देशभर विस्तार गर्नका लागि हौसला प्रदान गरेको छ।”
संक्षेपमा वाई(फाई नेपालले देशभर अझ धेरै समुदायसम्म पहुँच विस्तार गर्दै डिजिटल पहुँचको अन्तर कम गर्ने र सबैलाई डिजिटल अवसरमा जोड्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ।