
सुनाखरी न्युज/ काठमाडौं ।
कच्चा तेलको मूल्य प्रति ब्यारेल एक सय डलर नाघेपछि जी-७ राष्ट्रले सोमबार आकस्मिक बैठक डाकेका छन् । औद्योगिक राष्ट्रहरूका अर्थमन्त्री र यूके चान्सलर रचेल रिभ्ससहितको बैठकले युद्धका कारण अर्थतन्त्रमा परेका प्रभावबारे छलफल गर्ने बताइएको छ ।
क्यानडा, फ्रान्स, जर्मन, इटाली, जापान, बेलायत र अमेरिका सम्मिलित अग्रणी औद्योगिक राष्ट्रहरूको समूह नै जी-७ हो ।
अमेरिका-इजरालयले इरानविरुद्ध संयुक्त रुपमा आक्रमण गरेपछि तेलको मूल्य र सेयर बजारसमेत वृद्धि भएको छ ।
‘स्ट्रेट अफ हर्मुजु हुँदै आपूर्ति हुने तेल युद्धका कारण अवरुद्ध भएकाले विश्व बजारमा तेलको मूल्य सोमबार प्रतिब्यारेल १२० डलर नजिक पुगेको छ । यूकेको सेयर बजार सूचकांक (एफटीएसई १००) सुरुवातमै १.५ प्रतिशतले घटेको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको सहजीकरणमा पेट्रोलियम पदार्थको भण्डारणबारे पनि जी-७ बैठकमा छलफल हुने दी फाइनान्सियल टाइम्समा उल्लेख छ । स्ट्रेट अफ हर्मुजु बाट हुने तेल आपूर्ति अवरुद्ध हुँदा विश्ववभर उपभोक्ता र व्यवसायी मारमा परेका छन् ।
सामान्यतया विश्वको पाँच भागमध्ये एक भाग तेल ुस्ट्रेट अफ हर्मुजु जलमार्गबाटै आपूर्ति हुँदै आएको छ । तर एक साताअघि सुरु भएको युद्धका कारण यो साँघुरो जलमार्गमा जहाज आवातजावत ठप्पजस्तै भएको छ ।
आइतबार इरानले आयतुल्लाह अली खामेनेईको उत्ताराधिकारीका रुपमा उनका छोरा मोज्तबा खामेनेईलाई सर्वोच्च नेता बनाउने घोषणा गरेको छ ।