
सुनाखरी न्युज/ काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनमा भएको खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
शाह फागुन २१ गते भएको निर्वाचनमाझापा–५ बाट अत्यधिक मतले विजयी भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उनले निर्वाचन कार्यालय झापामा सोमबार खर्च विवरण बुझाएका हुन् ।
विभिन्न शीर्षकमा जम्मा १४ लाख १७ हजार २८९ खर्च भएको उनले बुझाएको विवरणमा उल्लेख छ । सबैभन्दा बढी वडास्तरीय प्रचार कार्यक्रममा पाँच लाख ८० हजार खर्च भएको छ । दुईवटा सवारी साधनमा प्रयोग बापत दुई लाख ९३ हजार ८०० खर्च भएको विवरणमा उल्लेख छ ।
कुन शीर्षकमा कति भएको छ खर्च ?
