२०८२ फाल्गुन २५ , सोमवार

लगातारको सर्किट ब्रेकपछि सोमबारका लागि सेयर कारोबार स्थगित

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार स्थगित भएको छ । कुल ६ प्रतिशत बजार बढेसँगै तेस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको हो ।

नेप्से परिसूचक आजको कारोबारपछि  १६२ अंक ९६ प्रतिशत० बढेको छ । सो वृद्धिसँगै नेप्से २८७५ मा कायम भएको छ । त्यस्तै ५५ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

चुनावपछि देशभरको मतपरिणाम आउने क्रम जारी छ । हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाई नजिक पुगेको छ । जसले लगानीकर्ताको विश्वास बढ्न गई बजारमा प्रभाव देखिएको छ ।

कारोबार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेट स्थगितपछि खुलेको बजारमा फेरि अर्को एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि ४० मिनेट स्थगित भइ खुलेको बजारमा अर्को एक मिनेट नपुग्दै सर्किट ब्रेक लागेपछि सोमबारका लागि कारोबार स्थगित भएको हो ।