
सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभा निर्वाचनको परिणामले धेरै पूर्व अर्थमन्त्रीहरूलाई निराश बनाएको छ। रोल्पाबाट उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री वर्षमान पुन भने भारी मतान्तरसहित विजयी हुँदै आफ्नो राजनीतिक प्रतिष्ठा जोगाउन सफल भएका छन्।
दश वर्षे सशस्त्र विद्रोहको उद्गमस्थल मानिने रोल्पाबाट नेकपाका प्रभावशाली नेता पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। निर्वाचन आयोगको अन्तिम मतपरिणामअनुसार पुनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदनकुमार वलीलाई १५ हजार ४५२ मतको फराकिलो अन्तरले पराजित गरेका छन्। पुनले कुल २७ हजार ४६० मत प्राप्त गर्दा वलीले १२ हजार ८ मत पाए।
यस निर्वाचनमा अन्य पूर्व अर्थमन्त्रीहरू पनि विभिन्न क्षेत्रबाट प्रतिस्पर्धामा थिए। जनार्दन शर्मा रुकुम पश्चिमबाट, विष्णु पौडेल रूपन्देही(२ बाट, प्रकाशशरण महत नुवाकोट(१ बाट र ज्ञानेन्द्रबहादुर कार्की सुनसरी-४ बाट उम्मेदवार बनेका थिए। तर तीमध्ये अधिकांशले मतदाताको समर्थन प्राप्त गर्न नसक्दा पराजय भोग्नुपरेको छ।