
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही ४ मा चुनाव जितेका रास्वपा उम्मदेवार अमरेशकुमार सिंहलाई बधाई दिएका छन्।
कांग्रेस सभापति थापाले सर्लाही क्षेत्र नम्बर ४ मा निर्वाचित भएकोमा सिंहलाई बधाई दिएका हुन्।
रास्वपा उम्मेदवार सिंहले सर्लाही ४ मा कांग्रेस उम्मेदवार थापालाई हराएका थिए।
‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना। मलाई माया, विश्वास र मत दिनु हुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,’ आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले भनेका छन्, ‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।’