
सुनाखरी न्युज/ काठमाडौं।
जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ २३ मा काठमाडौँको बानेश्वर लगायतको क्षेत्रमा जेनजी किशोरहरूमाथि गोली प्रहार गर्ने र आदेश दिनेहरूलाई कारबाहीको सिफारिस गरिएको बताए ।
प्रतिवेदन बुझाएपछि उनले भने– ‘गोली हान्ने, हान्न लगाउने र नरोक्ने सबै कारबाहीको सिफारिसमा परेका छन् ।’
भदौ २३ मा भएको जेनजी प्रदर्शनमा प्रहरीले प्रहार गरेको गोली लागेर बानेश्वरमा २१ जनाले ज्यान गुमाएका थिए । कार्कीले भने– ‘किशोरहरूलाई सहिद बनाउनेहरूलाई कारबाही कारबाही गर भनेका छौँ ।’
भदौ २३ र २४ मा भएको घटना जाँचबुझ गर्न समय लागेको हुनाले प्रतिवेदन बुझाउन ढिलाइ भएको उल्लेख गर्दै कार्कीले भने– ‘निर्वाचनको रिजल्ट कुरेर प्रतिवेदन बुझाएको होइन ।’
मुलुकको लागि काम गरेको हुनाले आफूलाई ‘सन्तोष’ लागेको उनले बताए । प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयनमा जानुपर्छ भनेर आफूले प्रधानमन्त्री र मन्त्रिपरिषद्को सदस्यहरूलाई भनेको उल्लेख गर्दै कार्कीले भने– ‘प्रतिवेदन कार्यान्वयन नभए अर्को आन्दोलन हुनसक्छ भनेको छु ।’