
सुनाखरी न्युज/ काठमाडौं ।
आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ४७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।