
सुनाखरी न्युज/ काठमाडौं ।
टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् । २० टोली सहभागी प्रतियोगिताको समापन अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा राति सवा ७ बजे सुरु हुनेछ ।
न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ । टी–२० विश्वकपमा न्युजिल्यान्ड दोस्रो पटक फाइनल खेल्दै छ । भारतीय टोलीले टी–२० विश्वकपको इतिहासमा न्युजिल्याण्डलाई हराउन सकेको छैन । दुई टोली तीन पटक आमनेसामने भएका छन् र भारतीय टोली तीनै पटक हारेको छ । साथै, आजसम्म न्युजिल्याण्डको टोलीले टी–२० विश्वकप जित्न पनि सकेको छैन ।
भारतीय टोली दुई पटक च्याम्पियन भइसकेको छ र चौथो फाइनल खेल्न लागेको हो । जारी विश्वकप भारतीय टोलीको प्रदर्शन उत्कृष्ट रहेको छ । आजको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ ।