२०८२ फाल्गुन २२ , शुक्रवार

नेपाल सुनचाँदी ब्यवसायी महासंघको १३ औं स्थापना दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो

Screenshot 2026-03-04 110216

सुनाखरी न्युज/ काठमाडौं ।
आज बुधबार नेपाल सुनचाँदी ब्यवसायी महासंघको १३ औं स्थापना दिवस ।
देशभरका सुनचाँदी पेशा ब्यवसायीहरुको हक अधिकारको संरक्षण र सम्वद्र्धनको मुलभूत उदेश्य लिएर वि.स. २०६९ साल आजकै दिन अर्थात फागनु २० गते महासंघको स्थापना भएको हो ।
२०४३ सलामा चितवनवाट शुरुभएको ब्यवसायीक अधिकार स्थापनाको आवाज बुलन्द हुँदै गएपछि २०४४ सालमा नेपाल सुनचाँदी ब्यवसायी संघको स्थापना सँगै ब्यवसायीहरुको साझा संस्थाको शुरुवात भएको थियो । सुन २०६९ मा महासंघको रुपमा रुपान्तरण भएको थयो ।
महासंघको १३ औं स्थापना दिवसका अवसरमा बुधबार महासंघको सचिवालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष अर्जुन रसाइलीले जुन उदेश्य लिएर महासंघको स्थापना भएको हो त्यो पुरागर्न दत्तचित्त भएर लागि परेको बताउनुभयो । पछिल्लो समयमा ब्यवसायीका विभिन्न बिषयहरु सम्बोधनका कामहरु भएको उल्लेख गर्दै बाँकी रहेका कार्यहरु सिघ्र पुरागर्न महासंघ लागिपरेको बताउनुभयो ।
त्यसक्रममा महासंघका संस्थापक अध्यक्ष एवं सल्लाहकार मणिरत्न शाक्य, निवर्तमान अध्यक्ष माणिकरत्न शाक्य, वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य लगायतले महासंघका विभिन्न पक्षबारे प्रकाश पार्नुभएको थियो । महासंघका महासचिव किरणभाई बज्राचार्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सहकोषाध्यक्ष पद्मशुन्दर शाक्य लगायत महासंघका विभिन्न पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

बिभिन्न प्रदशे एवं जिल्ला नगर संघहरुमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको छ ।

महासंघले प्रत्येक बर्ष फागुन २० गते स्थापना दिवस मनाउने गर्दछ । विगतमा भने किसिमका सामाजक उत्तरदायित्वका कार्यक्रमहरु समेत गर्दै आएकोमा यसबर्ष प्रतिनिधीसभससाको निर्वाचन फागनु २१ गते बिहिबार परेका कारण महासंघले कार्यालयमा नै स्थापना दिवस मनाएको हो ।