
सुनाखरी न्युज/ काठमाडौं ।
पेट्रोल पम्पहरूमा सवारी साधनको लामो लाइन लाग्न थालेको छ।
मध्यपूर्वमा तनाव र त्यसपछि विकसित घटनाक्रमसँगै नेपालका पेट्रोल पम्पहरूमा सवारी साधनको लाइन लाग्न थालेको हो।
आइतबारदेखि नै राजधानीका पेट्रोल पम्पहरूमा सवारी साधनको लाइन लाग्न थालेको थियो।
यसैबीच नेपाल आयल निगमले अनावश्यक रुपमा इन्धनको भण्डारण नगर्न आग्रह गरेको छ ।