२०८२ फाल्गुन २२ , शुक्रवार

बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

rashifal-horoscope-ratopati_vzMkZlCnIH

 

सुनाखरी न्युज/ काठमाडौं ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । दाजुभाइ तथा छिमेकी हरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ ।
  • वृष(,,,,वा,वी,वू,वे,वोपरिवार तथा नजिकका मानिसबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्ने काममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।
  • मिथुन (का,की,कू,,,,के,को,हापुराना कामबाट लाभ लिने समय रहेको छ भने नयाँ काम सुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सही सदुपयोग गरी रचनात्मक गर्दै समाजमा नाम कमाउन सकिनेछ । साथीभाइको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरूका लागी समयले साथ दिनेछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ ।

 

  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डोखर्च बढ्नुका साथै आर्थिक संकटको सामना गर्नु पर्नेछ । अनावश्यक काममा समय बित्नेछ । विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट लाभ उठ्न सक्छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। आश्वासन दिनेहरूले यथार्थमा सहयोग नजुटाउलान्।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टेआफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुने समय रहेको छ । साथीभाइसँग रमाइलो भेटघाट हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ
  • कन्या (टो,पा,पी,पू,,,,पे,पोकर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजबुत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोजगार पाइने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेको छ ।

 

  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)बौद्धिकताको प्रयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ भने उत्तम वस्त्र, मन पर्ने तथा बिलासी बस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)आफन्त तथा दिदी बहिनीसँग साना कुरामा राय बाझिनेछ भने घमन्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरू हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरू टाढिनेछन् ।
  • धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भेव्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा बिलासी वस्तुहरू जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडी बढ्नेछ भने पति पत्नी बिच आत्मीयता बढेर जानेछ  ।
  • मकर (भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी) विवादित विषयहरूबाट निचोड तपाईँकै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरूबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ ।
  • मीन (दी,दू,,,,दे,दो,चा,ची) आमा वा आमासँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती वा घाटी सम्बन्धी समस्या बढ्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।