
सुनाखरी न्युज/ काठमाडौं ।
२० वटा कम्पनीमाथि प्रतिबन्ध लगाउने चिनियाँ कदमको जापानले विरोध गरेको छ।
पुनः सैन्यकरणतर्फ अगाडि बढ्न खोजेको भन्दै चीनले मंगलबार २० वटा जापानी कम्पनीहरुमाथि प्रतिबन्ध लगाएको थियो भने त्यति नैं संख्याका कम्पनीलाई कडा निगरानीमा राख्ने निर्णय गरेको थियो।
जापानका उपप्रमुख क्याबिनेट सचिव सतो केईले एक पत्रकार सम्मेलनमा चीनको यो कदमलाई ‘निन्दनीय’ भन्दै टोकियोले यसलाई नसहने बताए।
जापानले आफ्ना निर्यात कम्पनीले निर्यात गर्ने बस्तुलाई सैन्य उदेश्यका लागि प्रयोग गर्न सक्ने चीनले आशंका गरेको छ। यो कदम दुई देशबीचको महिनाौँ लामो कूटनीतिक विवादमा नयाँ मोड हो।
चीनको प्रतिबन्धले प्रभावित हुने कम्पनीहरूमा जहाज निर्माण, विमान इन्जिन तथा समुद्री मेसिनरी उत्पादनमा संलग्न मित्सुबिशी हेवी इन्डस्ट्रिजका सहायक कम्पनीहरू, कावासाकी हेभी इन्डस्ट्रिज तथा फुजिट्सुका केही डिभिजनहरू रहेका छन् ।
चीनले आफ्नो कदमलाई राष्ट्रिय सुरक्षा र चासोको रक्षा गर्न आवश्यक रहेको तर्क गरेको छ।