२०८२ फाल्गुन २२ , शुक्रवार

प्रि ओपन सेसनमा २.३० अंकले घट्यो नेप्से

Share Down

सुनाखरी न्युज/ काठमाडौं ।

साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २. ३० अंक घटेर २६१४. ६६विन्दुमा झरेको छ।

यस सेसनमा ५ लाख ७४ हजार ५०८ रुपैयाँको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ४० कम्पनीको १ हजार १५० कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्सेमा कारोबार भएकामध्ये १० कम्पनीको सेयर मूल्य बढ्दा २७ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।