२०८२ फाल्गुन २२ , शुक्रवार

कांग्रेसले गर्‍यो साम्बालाई ५ लाख रुपैयाँ सहयोग

samba-congress-help

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारको लागि ५ लाख आर्थिक सहयोग गरेको छ। घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण साम्बा हाल जटिल शल्यक्रियाको तयारीमा छिन् ।

उनको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको कांग्रेसले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।

सभापति गगन थापाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गर्नु भएका प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’ प्रति उच्च सम्मान व्यक्त गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको र यतिबेला हामी सबैले उनलाई साथ दिन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ। उनले पार्टी र व्यक्तिगत तर्फबाट उनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।