
सुनाखरी न्युज/ काठमाडौं ।
पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २८ घाइते भएका छन् ।आज बिहान करिब १ः१५ बजे ग १ ख १४२१ नम्बरको माछापुच्छ्रे ट्राभल्सको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदी किनारमा खसेको हो ।
हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको जसमा चारमहिला र १३ पुरुष रहेका जिल्ला प्रहरी प्रमुख एसपी सुमित खड्काले जानकारी दिए।
घाइते २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए । प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए ।
