
सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभाको चुनाव नजिकिएसँगै निर्वाचन प्रहरी ‘फिल्ड’मा खटिन थालेका छन् । काठमाडौं उपत्यकासहित देशका विभिन्न निर्वाचन क्षेत्रमा निर्वाचन प्रहरी परिचालन भएका छन् ।
आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न भर्ना गरिएका निर्वाचन प्रहरीहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै फिल्डमा खटिएका हुन् ।
नेपाल प्रहरीले निर्वाचन प्रहरीलाई पनि फिल्डमा खटाउन सुरु गरेको हो। देशभर निर्वाचन प्रहरी पनि सँगसँगै खटाउन थालिएको प्रहरीले जनाएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सघाउन निर्वाचन प्रहरी भर्ना गरिएको छ।

