२०८२ फाल्गुन २२ , शुक्रवार

वीरगञ्जमा कर्फ्यु आदेश जारी

cdo-parsa_VZlSlTMh9z

 सुनाखरी न्युज/ काठमाडौं ।

पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले आज सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै बिहान ९स्४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको हो। वीरगञ्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दुई समूहबीच सवारी साधनलाई राख्ने विषयमा आइताबर विवाद भइ झडप भएपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रशासनले कफ्र्यु लागू हुने क्षेत्रको चार किल्ला समेत स्पष्ट पारेको छ । पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल–भारत सीमा नजिकैको शङ्कराचार्य गेटभित्रको सम्पूर्ण भूभागमा कफ्र्यु लगाइएको छ ।

कफ्र्यु आदेश जारी भए पनि मानवीय संवेदनशीलता र अत्यावश्यक सेवालाई भने प्रशासनले खुकुलो बनाएको छ । आदेशअनुसार तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ। पूर्वमा बाइपास रोड, पश्चिममा सिरिसिया नदी, उत्तरमा गण्डक चोकर दक्षिणमा शंकराचार्य गेट क्षेत्रमा कर्फ्यु लागू हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा यात्रा गर्ने हवाई यात्रुहरूलाई भने सुरक्षा निकायबाट सहजीकरण गरिने प्रशासनले जनाएको छ।