२०८२ फाल्गुन २२ , शुक्रवार

नेप्से परिसूचक २६१४ अंकमा, सेयर बजारका सबै सूचक घटे

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारका सबै सूचक साताको पहिलो दिन आइतबार  घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.५९ अंक घटेको छ । सो कमीपछि नेप्से २६१४ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ ।

यसअघि गत मंगलबार ८ अर्ब ३६ करोडको कारोबार भएको थियो । त्यसयता आज आइतबार मात्रै कारोबार भएको हो । आज कारोबार रकम ६ अर्ब ६९ करोडमा खुम्चियो।

३४ कम्पनीको मूल्य बढ्दा २२० को घट्यो भने ७ को स्थिर रह्यो ।