
सुनाखरी न्युज/ काठमाडौं ।
एचआर टेक कम्पनी ट्यालेन्ट कनेक्ट्सले आफ्नो नयाँ ‘एचआर सफ्टवेयर’ सार्वजानिक गरेको छ। एप्लिकेन्ट ट्रयाकिङ सिस्टम ( एटीएस ) को सफल कार्यान्वयनपछि कम्पनीले पेरोल, परफर्मेन्स म्यानेजमेन्ट र एचआर अटो मेसन समेटिएको पूर्ण एचआर समाधान बजारमा ल्याएको हो । कम्पनीले दुई वर्ष अर्घि नेपालमै पहिलो पटक लिंक्डइन एकीकृत एटीएस प्रणाली सार्वजर्वनिक गरेको थियो , जसले धेरै संस्थाको मन जितेको थियो ।
एटीएस प्रयोग गरि रहेका कम्पनीहरूले पेरोल र परफर्मेन्स ट्रयाकिङको माग गरेपछि नयाँ एचआर सफ्टवेयर विकास गरिएको ट्यालेन्ट कनेक्ट्सका प्रबन्ध निर्देशक दिवस थापाले जानकारी दिए। उनका अनुसार एटी एसको सफलता पछि करिब ६महिनाको विकास प्रक्रिया पछि प्रडक्ट लाइभ गरिएको हो । हाल बजारमा उपलब्ध धेरै एचआर सफ्टवेयरमा फिक्स्ड मोड्युल मात्र हुने र कस्टमा इजेसनको सुविधा सीमित रहने समस्या रहेको कम्पनी को भनाइ छ। तर ट्यालेन्ट कनेक्ट्सको एचआर सफ्टवेयर भने देशको कानुनी व्यवस्था र कम्पनी को
आन्तरिक नीति अनुसार कस्टमाइज गर्न सकिनेछ। केपी आई सेट गरेर कर्मचारीको कार्यसर्यम्पादन ( परफर्मेन्स ) ट्रयाकिङ गर्न सकिने सुविधा पनि यसमा समावेश गरिएको छ। यस सफ्टवेयरको मुख्य विशेषता मल्टी कन्ट्री र मल्टी करेन्सी सपोर्ट हो । नेपाल बाहिर सेवा विस्ता र गर्न खोजिरहेका कम्पनी वा बहुराष्ट्रिय कम्पनी हरूका लागियो समाधान उपयोगी हुने कम्पनीको दाबी छ।
सार्वजानिक भएको अवसरमा कम्पनी ले २० प्रतिशत छुटको अफर पनि ल्याएको छ। ट्यालेन्ट कनेक्ट्स नेपालसहित अमेरिकामा सञ्चालनमा छ। कम्पनी का सफ्टवेयर र कन्सल्टिङ सेवा नेपाल, अमेरिका , क्यानडा , भारत, बेलायत र बंगला देशका ३०० भन्दा बढी संस्थाले प्रयोग गरिरहेका छन्। कम्पनीले पहिलो सिजनको शार्क ट्यांक नेपालबाट ३. ५ करोड लगानी समेत जुटाएको थियो ।