२०८२ फाल्गुन २२ , शुक्रवार

सुनको मुल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।
सुनको भाउ आइतबार  तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ तोलामै ३७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ४२५ रुपैयाँ पुगेको छ । यसअघि माघ १५ गते चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।