२०८२ फाल्गुन २२ , शुक्रवार

भारतीय रुपैयाँसँगको विनिमयदर पुनरावलोकन गर्ने रास्वपाको घोषणा

Indian-rupees

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भारतसँगको विनिमयदर पुनरावलोकन गर्ने वाचा गरेको छ । बिहीबार रास्वपाले फागुन २१ को निर्वाचनका लागि जारी गरेको बाचापत्रमा सो कुरा उल्लेख गरिएको छ । जसमा रास्वपाले विशिष्ट अन्तर्राष्ट्रिय प्राज्ञहरु समेतको सहभागितामा अध्ययन र पुनरावलोकन गर्ने जनाएको छ ।

भारतीय रुपैयाँसँगको तीन दशकदेखि स्थिर विनिमय दर कायम रहेकोमा विशिष्ट अन्तर्राष्ट्रिय प्राज्ञहरू समेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन गर्ने वाचापत्रमा उल्लेख छ ।

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्ले लगायतका नेताहरूले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सार्वजनिक गरेको वाचापत्रमा उक्त कुरा उल्लेख गरिएको हो ।