
सुनाखरी न्युज/ काठमाडौं ।
सिम्रिक एयर लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार आगामी चैत १२ गते बिहीबारका दिन वार्षिक साधारण सभा बस्ने तय भएको हो।
उक्त सभा कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंमा मा साँझ ५ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक तथा लेखारीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालु आवको लागि लेखापरीक्षक नियुक्त गरुी निजको पारिश्रमिक निर्धारण गर्ने प्रसताव पारित गर्नेछ ।
यसका साथै सभाले कम्पनीलाई धितोपत्र बोर्डमा दर्ता गर्ने, सार्वजनिक निष्कासन ( आइपीओ ) गर्ने र शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।