
सुनाखरी न्युज/ काठमाडौं ।
निर्माताले हलमा चलिरहेको फिल्म ‘बिगुल’ को प्रदर्शन स्थगित गर्ने घोषणा गरेका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बिगुल’को प्रदर्शन स्थगित हुने भएको छ । निर्माता कम्पनी म्याग्नोलिया ग्रुप प्रालिले मंगलबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म फिल्मको प्रदर्शन रोक्ने निर्णय गरिएको जनाएको छ ।
विज्ञप्तिका अनुसार : निर्वाचनको संवेदनशील अवस्थालाई ध्यानमा राखी सम्बन्धित निकायहरूको सुझाव तथा परिस्थितिको मूल्यांकनपश्चात यो निर्णय लिइएको होु, भनिएको छ ।
रमेश कोइरालाको निर्देशन रहेको बिगुल मा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, बिनोद न्यौपाने, नीर शाह, हेमन्त बुढाथोकी,सरोज खनाल, शिशिर वाङ्देललगायत कलाकारहरूको अभिनय रहेको छ । नयाँ रिलिज डेट चाँडै घोषणा हुने निर्माता दिनेश कोइरालाले बताए । ‘यसबाट दर्शकवर्ग तथा सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।