२०८२ फाल्गुन २२ , शुक्रवार

जेलबाट रिहा भएपछि अभिनेता राजपाल यादवले के भने ?

rajpal-yadav_xrZk9oEjUp_pnOHw44mda

सुनाखरी न्युज/ काठमाडौं ।

चेक बाउन्स प्रकरणमा ३० दिनको अन्तरिम जमानत पाएर जेलबाट बाहिर आएका बलिउडका चर्चित हाँस्य कलाकार राजपाल यादवले चलचित्र उद्योगसँग कामको अपिल गरेका छन्। समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै उनले भने , “सबै कानुनी मुद्दाहरू उच्च अदालतमा विचाराधीन छन्। यो मुद्दा न्यायिक समितिमा रहेकोले म यसमा टिप्पणी गर्न चाहन्न र म अदालतको निर्णयको पूर्ण सम्मान गर्छु।”

उनले भने, “हामी आगामी दिनमा पत्रकार सम्मेलन गर्नेछौं र सबै प्रश्नहरूको इमान्दारीपूर्वक जवाफ दिनेछौं। मिडिया र देशभरका मानिसहरू र भारतीय सिनेमासँग सम्बन्धित सबैलाई उनीहरूको माया र समर्थनको लागि धन्यवाद।”राजपाल यादव मंगलबार जेलबाट रिहा भएका थिए । यस मुद्दाको अर्को सुनुवाइ १८ मार्चमा हुनेछ । त्यति बेलासम्म राजपाल जेलबाहिर रहनेछन् ।

सुनुवाइका क्रममा उनलाई शारीरिक रूपमा वा भर्चुअल माध्यमबाट उपस्थित हुनुपर्नेछ ।उनको यो संकटको सुरुवात सन् २०१० बाट भएको हो, जब उनले ‘अता पता लापता’ फिल्म बनाउन ५ करोड भारु ऋण लिएका थिए। फिल्म फ्लप भएपछि उनी आर्थिक संकटमा फसे र समयमै ऋण तिर्न सकेनन्। ऋण लिँदा दिएका चेकहरू बाउन्स भएपछि उनी विरुद्ध उजुरी परेको थियो। सन् २०१८ मा अदालतले उनलाई दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको थियो।