२०८२ फाल्गुन २२ , शुक्रवार

आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

today-rashifal_bB2FYgNe49

 

सुनाखरी न्युज/ काठमाडौं ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । ईर्ष्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
  • वृष (,,,,वा,वी,वू,वे,वोव्यापारमा थोरै समय दिँदापनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत संगित तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ ।
  • मिथुन (का,की,कू,,,,के,को,हासामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डोखानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ । खर्च बढ्नाले दैनिकी प्रभावित हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)व्यापारको सिलसिलामा छोटो दुरीको यात्रा हुने अधिक सम्भावना रहेको छ भने व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,,,,पे,पो)प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् । व्यापार तथा औद्योगिक क्षेत्रको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,तेसमय गतिसँगै चल्न नसक्दा अरूभन्दा पछि परिनेछ । पढाइ लेखाइमा मन नजाँदा पुरस्कार तथा प्रशंसा पत्र अरूकै हातमा जानेछ । प्रेममा अविश्वास सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरे अनुसार प्रतिफल पाउन निकै नै मेहनत गर्नुपर्नेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यूतपाईँको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरूकै काममा समय बित्ने हुँदा आफ्नो काम थाती रहनेछ । विभिन्न योजनाहरू छलफलका लागी ल्याउन सकिने भए पनि सहकर्मीहरुबाटनै विरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भीर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।
  • धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भेराम्रा तथा परिणाममूखि काम हुनाले आफन्त तथा छिमेकीहरू प्रभावित हुनेछन् । पराक्रमी क्रियाकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्यमबाट संस्कार परिवर्तन गर्न तपाईँको भूमिका महत्त्वपूर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गीकार्यक्षेत्रमा तपाईँको बोलीको प्रभावले महत्त्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नातागोताको सहयोगले सुरु गरेको कामहरू स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछन् । व्यापारमा लगानी गरी आर्थिक पक्ष सुदृढ बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दासमाजमा राम्रा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने तथा शेयर बजारमा नाफा कमाउन सकिने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।
  • मीन (दी,दू,,,,दे,दो,चा,चीसमय मध्यम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ ।  काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ ।

तपाईँको दिन शुभ रहोस्