२०८२ फाल्गुन २२ , शुक्रवार

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम ८ अर्बमाथि

Nepse-2

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा गिरावट आउने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार ८ अंक घटेको नेप्से मंगलबार २० अंक घटेको छ ।

कारोबार सुरु भएदेखि बन्द हुँदासम्म निरन्तर नकारात्मक नै रह्यो । मंगलबार २६६२.१० अंकमा रहेको नेप्से २०.७५ अंक घटेर २६४२.१५ बिन्दुमा झरेको हो ।

 

नेप्सेमा मंगलबार  कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घट्नुका साथै समूहगत सूचक समेत नकारात्मक छन् ।

मंगलबार नेप्सेमा कारोबार भएका २ सय १४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ४२ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।