२०८२ फाल्गुन २२ , शुक्रवार

बंगलादेशमा आज नयाँ प्रधानमन्त्रीको शपथ

tarik-rahaman

सुनाखरी न्युज/ काठमाडौं । 

विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज  ( मंगलबार )  जननिर्वाचित सरकार पाउने भएको छ । लामो समयसम्म पूर्वप्रधानमन्त्रीद्वय शेख हसिना र खालिदा जियाका विचार र प्रभावको वरिपरि घुमिरहेको बंगलादेशले ३५ वर्षपछि तारिक रहमानका रूपमा नयाँ प्रधानमन्त्री पाउँदै छ ।

नोवेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्तको अन्तरिम सरकार १६ महिना पछि निर्वाचित सरकारलाई सत्ता सुम्पिदै छ । अन्तरिम सरकारका मुख्य सल्लाहकार युनुसले सोमवार राति आफ्नो विदाई भाषणमा पद छोड्ने घोषणा गरेका थिए । १२ फेब्रुअरीमा भएको आमनिर्वाचनमा बीएनपी गठबन्धनले २१२ सिट जितेर दुई तिहाइ बहुमत हासिल गरेको थियो ।

यस्तै जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको छ । बीएनपीले प्रधानमन्त्रीका रूपमा अध्यक्ष तारिक रहमानले शपथ लिने बताएको छ ।  प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह आज अपराह्न ४ बजेका लागि तय गरिएको छ ।