
सुनाखरी न्युज/काठमाडौं ।
लक्जरी परफ्युमको क्षेत्रमा प्रतिष्ठित दुबईस्थित कम्पनी विनी इन्टरनेशनल FZE ले अत्यन्त उत्साहका साथ आफ्नो प्रिमियम Experience Zone_ FOR YOU को भव्य उद्घघाटन गरेको छ । यो बहुप्रतिक्षित सुरुवात सन् २०२६ फेब्रुअरी १६ का दिन काठमाडौं उपत्यकास्थित लाबिम मलको भुइँ तल्लामा सम्पन्न भयो ।
यो उद्घघाटनले नेपालको बहु प्रतिष्ठित परफ्युम बजारमा कम्पनीको विस्तार र एक महत्वपूर्ण कोशेढुङ्गालाई संकेत गरेको छ । यस समारोहमा विनी इन्टरनेशनल FZE का सेल्स डाइरेक्टर श्री अहसान खुन्दकर, कन्ट्री म्यानेजर श्री रणधीर सिंह, नेशनल सेल्स म्यानेजरहरू श्री शोभा लामा र श्री विनय कुमार झाको उपस्थिति रहेको थियो ।
उद्घघाटनका क्रममा श्री रणधीर सिंहले भन्नुभयो, “For You केवल एउटा आउटलेट मात्र नभएर यो एक इमर्सिभअनुभव केन्द्र हो, जहाँ आगन्तुकहरूले विनी इन्टरनेशनलका विभिन्न उत्कृष्ट उत्पादनहरूको संग्रहको अनुभव लिन सक्नेछन् । यहाँका प्रत्येक सुगन्धलाई हरेकको व्यक्तित्वसँग मेल खाने गरी विशेष रूपमा तयार गरिएको छ, जसले दुबईको परफ्युम कलाको परिष्कृत अनुभवलाई नेपालको मुटुसम्म ल्याएको छ ।
श्री अहसान खुन्दकरले थप्नुभयो, हामी यस्तो अनुभव प्रदान गर्दैछौं जहाँ सुगन्ध प्रेमीहरूले आफ्नो व्यक्तिगत र प्रिमियम पहिचान झल्काउने सुगन्धहरू प्राप्त गर्न सक्नेछन् । उहाँले कार्यक्रममा उपस्थित सबैलाई विशेष धन्यवाद दिँदै समारोहको समापन गर्नुभएको थियो ।