
सुनाखरी न्युज/ काठमाडौं ।
नेप्सेमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ। हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले कम्पनीको शतप्रतिशत हकप्रद सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयर मूल्य ३१३ रुपैयाँ १० पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२६ रुपैयाँ २० पैसा रहेको थियो।