
सुनाखरी न्युज/ काठमाडौं ।
कृषि विकास बैंकले विभिन्न पदका कर्मचारी माग गरेको छ ।
बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि २४२ जनाका लागि विज्ञापन खुलाएको छ।
ईच्छुक तथा योग्यता पुगेकाले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
साथै, फागुन २८ गतेसम्म भने दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने जनाएको छ ।