२०८२ फाल्गुन २२ , शुक्रवार

काठमाडौं फर्किए पूर्वराजा ज्ञानेन्द्र, विमानस्थलबाट निर्मल निवास पुर्याइयो

1741521927-2irQo

सुनाखरी न्युज/ काठमाडौं ।

महिनौँ लामो झापा बसाइपछि शुक्रबार काठमाडौँ फर्केका पूर्व राजा ज्ञानेन्द्र साह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवासतर्फ लागेका छन् । शाह आउने भएपछि समर्थकहरू शुक्रबार बिहानैबाट विमानस्थलबाहिर जम्मा भएका थिए ।

शाह झापाबाट कैलाश हेलिकोप्टरमार्फत विमानस्थल ओर्लिएका थिए । विमानस्थल बाहिर पञ्चेबाजासहित समर्थकले समर्थन गरेका थिए ।  स्वागतमा उपस्थितहरूले राजतन्त्रको पक्षमा चर्को नाराबाजी गरेका थिए ।