
सुनाखरी न्युज/ काठमाडौं ।
यस बर्षको महाशिवरात्रि पर्वको लागि काठमाण्डू आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर परिसर प्रवेश गरेका छन् ।विभिन्न स्थानबाट आएका नागा बाबाहरू जन्तीसहित पशुपति मन्दिर परिसर प्रवेश गरेका हुन् ।
बिहान प्रभातफेरी गरेर पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका छन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् ।

