२०८२ फाल्गुन २२ , शुक्रवार

बिहान खालीपेटमा मनतातो पानी पिउनुका फाईदाहरु

667893680Drinking-Water

सुनाखरी न्युज/ काठमाडौं ।

तातो पानीले रातभर सुस्त भएको पाचन प्रणालीलाई सक्रिय बनाउने, पेट सफा राख्ने र शरीरभित्र जम्मा भएका विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुर्‍याउँछ । तातो पानीले शरीरको रक्तसञ्चार सुधार गर्ने र कोषिकामा अक्सिजनको प्रवाह बढाउने हुँदा दिनभर शरीर फुर्तिलो र ऊर्जाशील रहने चिकित्सकहरूको भनाइ छ । यसले छालालाई भित्रैबाट हाइड्रेट राख्न मद्दत गर्ने भएकाले छालाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव देखिने बताइएको छ ।

चिकित्सकहरूका अनुसार बिहान खाली पेट तातो पानी पिउनु कफ, रुघाखोकी र घाँटीसम्बन्धी समस्या कम गर्न पनि सहयोगी हुन सक्छ । विशेषगरी चिसो मौसममा यसले शरीरलाई न्यानो राख्न मद्दत पु¥याउने बताइएको छ । चिकित्सकहरूले बिहान कफी वा चिया पिउनु अघि कम्तीमा एक गिलास तातो ( अत्यधिक तातो नभएको)  पानी पिउने बानी बसाल्न सुझाव दिएका छन् ।

बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदा यसप्रकार छन : 

– पेट दुख्ने समस्याबाट छुटकारा पाउन मद्दत मिल्नुका साथै यसले श्वासको दुर्गन्ध र अन्य ब्याक्टेरियाको संक्रमण हुनबाट बचाउँछ ।

– शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ । पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ ।

– कब्जियतबाट छुटकारा मिल्छ । पर्याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्दछ ।

– भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनाले भोक जगाउँछ ।