२०८२ फाल्गुन २२ , शुक्रवार

प्रधानमन्त्रीले गरिन् पाथीभरा माताको दर्शन

sushila-pathivara

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले पाथीभारा माताको दर्शन साथै पूजाआजा गरेकी छन् ।पूर्वी क्षेत्रको हिमाली जिल्लाहरुको भ्रमण सुरु गरेकी प्रधानमन्त्री कार्कीले शुक्रबार ताप्लेजुङ पुगेर पाथीभरा माताको दर्शन गरेकी हुन् ।

समाजिक सञ्जाल फेसबुकमार्फत पाथीभरा दर्शन गरेको तस्विर सार्वजनिक गर्दै प्रधानमन्त्री कार्कीले फागुन महिना निर्वाचनको महिना भएकाले पाथीभरा मातासँग शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेको जानकारी गराएकी छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ताप्लेजुङ पुगेकी प्रधानमन्त्री कार्की नेतृत्वको टोलीले प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेकी हुन् ।

पाथीभरा दर्शनपछि प्रधानमन्त्रीले जिल्लास्थित मुख्य निर्वाचनको अधिकृतको कार्यालयको निरीक्षण गर्ने छिन् । प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ ।