
सुनाखरी न्युज/ काठमाडौं ।
सेयर बजारमा शुधार आएको छ ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्ने क्रम बिहीबार रोकिएको हो ।
साताको सुरुवातदेखि निरन्तर घटेको नेप्से परिसूचक बिहीबार करिब ९ अंक बढेको हो ।
यो साता आइतबार १०.२४, सोमबार २६.०५, मंगलबार १०.२५ र बुधबार ०.०४ अंक घटेको नेप्सेमा बिहीबार सुधार आएको हो । बिहीबार नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको नेप्सेले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डले बुधबार मार्जिन कारोबार सुविधा निर्देशिका जारी गरेसँगै लगानीकर्ताको मनोबलमा सुधार आएको देखिन्छ । मार्जिन कारोबारपछि बैंक गएर कर्जा लिई ब्रोकरलाई तिर्नुपर्ने झन्झट अन्त्य हुने भएपछि बजारमा कारोबार बढ्ने तथा लगानी समेत बढाउन सकिने भएकाले लगानीकर्ताको मनोबल सकारात्मक भएको देखिन्छ ।