२०८२ फाल्गुन २२ , शुक्रवार

सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगर

698c8c799def6-735×400

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले बालबालिकाहरूमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसको प्रारम्भ ४ वटा सामुदायिक विद्यालयहरूमा नमूना कार्यक्रममार्फत हुनेछ । बुधबार ‘साना डाक्टर सम्बन्धी १ दिने कार्यशाला’मा यसको अवधारणा, कार्यक्रम सञ्चालन रणनीतिका विषयमा छलफल भएको छ ।छलफलमा जनप्रतिनिधिहरु, शिक्षा तथा स्वास्थ्य समितिका पदाधिकारी, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र हेर्ने महानगरपालिकाका विभागीय प्रतिनिधि, विद्यालय नर्ससहित साझेदार सहभागी थिए ।

कार्यशालामा बोल्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, स्वास्थ्य सचेतना अभिवृद्धि गर्न र बालबालिका बिचको सहसिकाइका लागि यो विधि उपयुक्त भएको उल्लेख गरिन । उनले भनिन्, ‘विद्यालयमा कार्यक्रम लैजाँदा कार्यान्वयन गर्नेलाई बोझ महसुस हुने गरी लैजानु हुँदैन । आवश्यक छ । जसरी पनि कार्यान्वयनमा जानु पर्छ भन्ने तत्परता जागृत गराउनुपर्छ । अनि मात्र कार्यक्रम दिगो र प्रभावकारी हुन्छ । यसको नतिजा ढिलो देखिन्छ । तर, सकारात्मक हुन्छ ।’ साथै सामुदायिक विद्यालयहरुमा सफल बनाएर संस्थागत विद्यालयहरुमा पनि विस्तार गर्ने उनको भनाई छ ।

कार्यशालामा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के। सी। ले, नमूना कार्यक्रमबाट प्राप्त पृष्ठपोषणका आधारमा वृहत कार्यक्रम तर्जुमा गरिने बताए । सम्भवतः यो कार्यक्रमशिक्षा अधिकृत केशव ज्ञवालीले, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकलाई कार्यक्रमका सुक्ष्म पक्ष बुझाउन सके मात्र कार्यान्वयनमा सहज हुने बताए ।

विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यका विषयमा प्रशिक्षित गराएर स्वास्थ्य दूतका रुप विकास गर्ने कार्यक्रमलाई साना डाक्टर कार्यक्रम दिइएको हो । विद्यार्थी आफू, परिवार र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको लक्ष्य हो ।
पाठ्यक्रममा आधारित ३ महिना तालिम दिएपछि बाँकी ९ महिना विद्यार्थीहरुलाई समूहगत रुपमा निरोगात्मक स्वास्थ्य प्रवर्धनका कार्यक्रम सञ्चालन गर्न दिइन्छ ।