२०८२ फाल्गुन २२ , शुक्रवार

आयल निगमले नै बाँड्न थाल्यो ग्यास

aayel-nigam

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल आयल निगमले पनि एलपी ग्यास सिलिन्डर बिक्री गर्न थालेको छ । नेपाल आयल निगमले टेकुस्थित आफ्नो कार्यालयबाटै सीधै ग्यास बिक्री वितरण सुरु गरेको छ ।

साना डिपो व्यापारीहरुले ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको गुनासो आएसँगै उपभोक्ताको सहजताका लागि निगमले टेकु कार्यालयबाट ग्यास बिक्री सुरु गरेको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्नेछन् ।

बिहान १० बजेदेखि ४ बजेसम्म बिक्री वितरण हुने जानकारी दिएका छन्।आयल निगमको यो कदमले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन र उपभोक्तालाई सरकारी निकायबाटै प्रत्यक्ष राहत दिन सहयोग पुग्ने विश्वास गरिएको छ ।