
सुनाखरी न्युज/ काठमाडौं ।
नयाँ सरकार बनाउन बंगलादेशमा मतदान सुरु भएको छ। देशभर मतदान सुरु भइसकेको छ र यो स्थानीय समयअनुसार दिउँसो साढे चार बजेसम्म चल्ने छ।
सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछिको यो पहिलो चुनाव हो, जहाँ १२ करोड भन्दा बढी मतदाताले मत खसाल्ने छन्। त्यसका लागि देशभरका ४२ हजार ७ सय ७९ वटा मतदान केन्द्र रहेका छन्।
कुलन ६० राजनीतिक दलको सहभागितामा रहने चुनावमा संसद्का कुल ३ सय ५० सिटमध्ये ३ सय स्थानमा प्रत्यक्ष मतदान हुनेछ । ५० सिट महिलाका लागि आरक्षित छ ।
युवा विद्यार्थीको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेश हसिना सरकार छोडेर भारततर्फ भागेकी थिइन्। त्यसपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद यूनुस नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।
चुनावमा हसिना नेतृत्वको अवामी लिगमाथि प्रतिबन्ध लगाइएको छ। उक्त दल प्रतिबन्धमा पर्दा मुख्य प्रतिस्पर्धा बंगलादेश राष्ट्रिय पार्टी ९बीएनपी० र जमात–ए–इस्लामीबीच हुने देखिन्छ ।
केवल सरकार बनाउन मात्रै मतदान हुने छैन, विद्यार्थी आन्दोलनपछि शासन प्रणालीमा सुधार गर्ने लक्ष्यले ल्याइएको ‘जुलाई बडापत्र २०२५’ माथि जनमत संग्रह पनि हुने छ।