२०८२ फाल्गुन २२ , शुक्रवार

‘श्री बुकुरो: द होम कलिङ्’को पोस्टरमा रोमान्टिक आशीर्वाद र निकिता

shree-bukuro_nB6qMiT70R

सुनाखरी न्युज /  काठमाडौं।
नेपाली चलचित्र उद्योगमा कतिपय कलाकारहरू डेब्यु फिल्मपछि एकाएक हराउने प्रवृत्ति नयाँ होइन। फिल्मले औसत चर्चा पाए पनि उनीहरू अर्को प्रोजेक्टमा देखिन लामो समय लाग्ने गरेको देखिन्छ। यो सिनेमामार्फत निर्देशक सिंहले करिब सात वर्षपछि निर्देशनमा पुनरागमन गरेका हुन्।अभिनेता आशिर्वाद क्षेत्रीको हकमा पनि यस्तै देखियो।उनी अभिनित फिल्म ‘श्री बुकुरो स् द होम कलिङ’ फागुन १ गते अर्थात् आगामी शुक्रबारबाट देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ। सोमबार फिल्मको प्रेसमिटमा आशिर्वादले कथावस्तु छनोटमा ध्यान दिँदा आफूलाई चलचित्रमा फर्किन समय लागेको बताए।

फिल्म रेञ्ज ब्यानरमा निर्माण भएको यो पारिवारिक कथावस्तुमा आधारित सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सिनेमाको कथा तथा पटकथा स्वयं निर्देशक सिंहले लेखेका हुन् भने रुबी सेन सिंह निर्माता हुन्। छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका छन्। सिनेमाको छायांकन मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौं लगायत विभिन्न स्थानमा गरिएको हो। सिनेमामा रनजीत गजमेर र बसन्त सापकोटाको संगीत रहेको छ।