२०८२ फाल्गुन २२ , शुक्रवार

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस दुर्घटना, ६ जनाको मृत्यु

bus_accident_jhfKRnXxqS

 

सुनाखरी न्युज /  काठमाडौं।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको यात्रुवाहक बस तामाकोसी नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट छुटेको बस मङ्गलवार बिहान रामेछापको मन्थली नगरपालिका ६ स्थित तामाकोसी खस्दा ६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक सुभाषचन्द्र मण्डलले जानकारी दिए ।

उनका अनुसार सात जनाको उद्धार गरिएको छ । उद्धार कार्य जारी रहेको उनले बताए । अहिलेसम्म ६ जनाको शव फेला परेको छ, उनले भने, स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेको र सात जनाको सकुशल उद्धार गरिएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।