२०८२ फाल्गुन २२ , शुक्रवार

दार्चुलामा धारिलो हतियार प्रहारबाट प्रहरीको हत्या, दुई युवतीसहित तीनजना पक्राउ

gridart-20260210-134715105

सुनाखरी न्युज /  काठमाडौं।

दार्चुलामा मृत फेला परेका नेपाल प्रहरी हवल्दारको हत्या भएको खुलेको छ । सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको खुलेको हो ।

प्रारम्भिक अनुसन्धान र घटनाको प्रकृतिबाट घर्तीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।महाकाली नगरपालिकास्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको बुधबार हत्यापछि तीनजना समातिएका हुन् ।दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले घर्ती मंगलबार बिहान मृत अवस्थामा फेला परेको जानकारी दिए ।

उनकाअनुसार स्थानीय पूजा बियर बारको बाहिर पट्टी घर्तीको शव भेटिएको हो । घर्तीको हत्या गरेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । हत्या आशंकामा प्रहरीले अनुसन्धान गर्दैछ,’ प्रजिअ पौडेलले भने, ‘दुई जनालाई नियन्त्रणमा लिइएको छ । अनुसन्धानपछि नै बाँकी कुरा खुल्छ ।’