
सुनाखरी न्युज / काठमाडौं।
भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । मंगलबार बिहान कुमारी क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँड भएको हो । कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो।
आईपीओमा कुल २५ लाख ७९ हजार ९२० जनाको आवेदन परेकोमा २५ लाख ३९ हजार ८ सय ९२ जनाको आवेदन मात्र योग्य भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। जसअनुसार कुल ८३ हजार आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट:https://kumaricapital.com/share-details
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login