२०८२ फाल्गुन २२ , शुक्रवार

सुनको भाउ मंगलबार पनि बढ्यो, चाँदीको मुल्यमा कमी

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा मंगलबार सुनको भाउमा सामान्य बबढेको छ । हिजो सोमबार तोलामा ४ हजार १ सय रुपैयाँले बढेको सुन आज मंगलबार ९ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

 

सोमबार सुनको भाउ तोलाको ३ लाख ४ हजार ६ सय रुपैयाँ थियो । यस्तै आइतबार सुन तोलाको ३ लाख ५ सय रुपैयाँ थियो ।

त्यसैगरी, आज मंगलबार चाँदीको भाउ भने सामान्य घटेको छ । हिजो सोमबार ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २ सय ४० रुपैयाँ कायम छ ।