
सुनाखरी न्युज / काठमाडौं ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका आफ्ना १५८ वटा शाखा कार्यालयहरूको कार्यक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका जेहेन्दार र मिहिनेती १/ १ जना विद्यार्थीहरूलाई डिप्रोक्स छात्रवृत्ति प्रदान गरेको छ ।
उक्त छात्रवृत्ति कार्यक्रममा विशेष गरी दलित तथा जनजाति समुदायका छात्राहरूलाई प्राथमिकतामा राखी शिक्षा क्षेत्रमा समान पहुँच, महिला सशक्त्तीकरण र समावेशीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्य लिइएको छ । विद्याथीहरूको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै चेक वितरण प्रणाली मार्फत छात्रवृत्ति उपलव्ध गराइएको छ । यस कार्यक्रमबाट लाभान्वित विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र आत्मविश्वास बढेको छ भने अभिभावकहरू समेत यस पहलप्रति खुशी र सन्तुष्ट देखिएका छन् ।
शिक्षा क्षेत्रमा गरिएको यस्ता योगदानले समुदायस्तरमा सकारात्मक प्रभाव पार्नुका साथै डिप्रोक्स लघुवित्त प्रति विश्वास र सद्धभाव थप बलियो बनेको छ । डिप्रोक्सले भविष्यमा पनि शिक्षा, सामाजिक सशक्त्तीकरण र दिगो विकासका क्षेत्रमा यस्ता कार्यक्रमहरू निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।